२०८२ भाद्र १२ | Aug 28, 2025

आज तीन संसदीय समितिको बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ११

ललितपुर । आज सङ्घीय संसद् अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछन् । जसअनुसार राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement