आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १६
|
816 views

ललितपुर - ललितपुर । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँका दरले घटेको हो । जसअनुसार सोमबार सुनको मूल्य प्रतितोला ८८ हजार १९९ रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य १ लाख ८८ हजार ४०० रुपैयाँ थियो । ्
त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

      सुनचाँदी व्यवसायीहरु यतिबेला सरकारले सुनका गरगहनामा लगाएको विलासिलता कर हटाउनु पर्छ भन्दै आन्दोलन गरिरहेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube