२०८२ असार ११

ललितपुर । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य मूल्यमा घटेको छ । आज सुन प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिन देखि सुनको मूल्यमा निरन्तर घटिरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया