२०८२ भाद्र १८ | Sep 03, 2025

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १७
|
7.9k views

ललितपुर । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । सोमबार भने छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement