२०८२ भाद्र ६ | Aug 22, 2025

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ६

ललितपुर। आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ । शुक्रबार छापावाल सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार भने सुनको मुल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँ कायम थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया