ललितपुर । वित्तीय प्रणालीमा देखिएको तरलता र ब्याजदर व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ५० अर्ब निक्षेप खिच्न लागेको छ । अहिलेसम्म कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगिसकेको छ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्दै आएको छ । यसको ब्याजदर भने अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।









फेसबुकबाट तपाईको प्रतिक्रिया