ललितपुर । नेपाल राष्ट्र बैंकले पनि बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको छ । वित्तीय प्रणालीमा अधिक तरलता थु्िरएपछि राष्ट्र बैंकले यसरी बोलकबोलमाफत् निक्षेप खिच्न लागेको हो ।
हाल कुल निक्षेप ७४ खर्ब भन्दा माथि छ । लामो समयदेखि यसरी राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
वित्तीय प्रणालीमा अधिक तरलता चुलिँदा राष्ट्र बैंकले यसरी अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको हो । । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ बैशाख ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।














फेसबुकबाट तपाईको प्रतिक्रिया