२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १८
|
2.4k views

ललितपुर । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ। वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएको भन्दै बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि उक्त रकम तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २५ दिने निक्षेप संकलन उपकरणको असोज १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया