
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल शुक्रबारबाट सकिएपछि यतिबेला नेपाल राष्ट्र बैंक गभर्नरविहीन भएको छ । शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा परेपछि आज (सोमबार) मात्र मन्त्रीपरिषदको बैठक बस्न लागेको हो ।
आज दिउँसो ३ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना प्रवल छ।
सरकारले गठन गरेको सिफारिस समितिले नयाँ गर्भनरका लागि सिफारिस गर्ने तयारी छ । नयाँ सिफारिस समितिमा मा पूर्वगनर्भर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल छन्। गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा हुनुभएको हो ।
पूर्वगभर्नरहरूले व्यवसायी र राजनीतिक दलको लबिइङमा परेका व्यक्तिभन्दा अर्थशास्त्र बुझेका र अहिलेको सुस्त अर्थतन्त्र उकास्न सक्ने व्यक्ति नियुक्त गर्न सुझाव दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया