२०८२ आश्विन १६ | Oct 02, 2025

आज महावीर जन्मजयन्ती, उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २८
|
204 views

काठमाडौं । आज जैन धर्मका तीर्थंकर महावीरको जन्मजयन्ती परेको छ । जैन धर्मावलम्बीहरुले महावीरको ६२४ औं जन्मजयन्ती मनाउँदै छन् ।

यसै सन्दर्भमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थंकर महावीरको दुई हजार ६२४औँ जन्मजयन्ती (जन्म कल्याणक दिवस) का अवसरमा आज शुभकामना दिँदै ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिने बताएका छन्।

यादवले आफ्नो शुभकामना सन्देशमा यस दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन्। यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गर्दछ,” उपराष्ट्रपति यादवले भनेका छन्, “भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य आदर्शलाई प्रतिपादन गर्नुभयो। यसले धार्मिक दृष्टिसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि हामीलाई एउटा सुन्दर देश र समाज निर्माणको दिशामा अग्रसर हुन प्रेरित गर्दछ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया