आज यो बर्षको साउनको पहिलो सोमबार: भगवान शिवको विशेष दिन

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ५
|
306 views

ललितपुर - ललितपुर । आज साउनको पहिलो सोमबार। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। आज पशुपतिसहित शिव भन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

 पात्रो/राशिफल  रेडियो YouTube