आज ७३औँ कानुन दिवस

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २६
|
510 views

ललितपुर - काठमाडौं । आज ७३औँ कानुन दिवस । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधानन्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।

उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधानन्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो ।
कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम रहेको छ ।

      प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube