२०८२ भाद्र ६ | Aug 22, 2025

आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ५

ललितपुर । सरकारले आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्षको प्रथम, द्धितिय र तीतृय चौमासिक अवधिमा उठाउनुपर्ने आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ ।

ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार, प्रथम चौमासिक अवधिमा विभिन्न अवधि र फरक फरक मितिमा विकास ऋणपत्रको बोलकबोल गर्ने र त्यसको निष्कासन मिति समेत तोकिदिएको हो । कार्यालयले १० अर्बका विभिन्न विकास ऋणपत्रहरु विभिन्न मितिमा बोलकबोल र निष्कासन हुनेगरी तालिका ल्याइएको छ ।

जसमा १० अर्ब विकास ऋणपत्रको बोलकबोल चालू आवको साउन ७ मा हुनेछ र ३ वर्षे भुक्तानी अवधिका लागि उक्त विकास ऋणपत्रको निष्कासन भने साउन ८ गते हुनेछ ।

यसैगरी १० अर्बकै ४ वर्षे भुक्तानी अवधिसहितको विकास ऋणपत्र साउन १४ गते बोलकबोल हुने र साउन १५ गते ऋणपत्र निष्कासन हुनेछ । सोही रकमको ११ वर्षे भुक्तानी अवधिसहितको विकास ऋणपत्र साउन २१ गते बोलकबोल हुने र साउन २२ गते ऋणपत्र निष्कासन हुनेछ ।

यता ८ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल साउन २८ गते हुनेछ भने ऋणपत्र निष्कासन साउन २९ गते गर्नेगरी तालिका सार्वजनिक भएको छ ।

त्यस्तै, १० वर्षे भुक्तानी अवधिका लागि २०८२ भदौ ४ गते बोलकबोल र भदौ ५ गते ऋणपत्र निष्कासन गरिँदैछ । त्यस्तै, फेरि १० अर्बको रकमको ३ वर्षे भुक्तानी अवधिका लागि भदौ ११ गते बोलकबोल गर्ने र भदौ १२ गने ऋणपत्र निष्कासन गर्ने मिति तोकिएको छ ।

१० अर्बको विकास ऋणपत्रका लागि ९ वर्षे भुक्तानी अवधिको बोलकबोल भदौ १८ मा र ऋणपत्र निष्कासन भदौ १९ मा हुनेछ । त्यस्तै, सोही रकमको ६ वर्षे भुक्तानी अवधिसहित विकास ऋणपत्रको बोलकबोल भदौ २५ र ऋण्पत्र निष्कासन भदौ २६ मा हुनेछ ।

त्यस्तै, ११ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज १ गते र असोज २ गते ऋणपत्र निष्कासन गर्ने कार्यतालिका छ । ७ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज २२ र ऋणपत्र निष्कासन असोज २३ मा हुनेछ । र, ५ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज २९ र ऋणपत्र असोज ३० मा निष्कासन हुने गरी तालिका सार्वजनिक भएको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया