२०८२ भाद्र ६ | Aug 22, 2025

आन्दोलनरत चिकित्सकहरूसँग वार्ताको तयारी -राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४

ललितपुर । मुलुकभरका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा आकस्मिक तथा सघन कक्षबाहेकका स्वास्थ्य सेवा बन्द गरिँदा आमनागरिक स्वास्थ्यको अधिकारबाट वञ्चित हुनु परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले जारी गरेको बिज्ञप्तीमा स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आयोग नेपाल चिकित्सक संघ तथा नेपाल सरकारलाई आग्रह गरिएको छ ।

चिकित्सकहरू हिजोदेखि देशभर सघन कक्षबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएको विषयमा आयोगका उजुरी समेत परेको प्रवक्ता पोखरेलले बताएका छन् । यसैबीच सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ताको तयारी गरेको छ ।
प्रधानमन्त्री केपीको निर्देशनमा तीन सदस्यीय मन्त्रीस्तरीय वार्ता टोली गठन भएसँगै मंगलबार साँझसम्म औपचारिक वार्ताको तयारी भएको हो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया