२०८२ असार २६

ललितपुर । सुन तथा सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खोरजीको माग गर्दै आन्दोलनरत सुनचाँदी व्यवसायी र सरकारबीच अहिले वार्ता हुँदै छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको अगुवाइमा आन्दोलन गरिरहेका सुनचाँदी व्यवसायीलाई अर्थ मन्त्रालयले छलफलमा बोलाएको थियो ।
मन्त्रालयमा सुरु भएको वार्तामा व्यवसायीका तर्फबाट अर्जुन रसाइली, मोहन सुनार ,बिएस रत्न शाक्य, सुदीप श्रेष्ठ , किशन सुनार,निर विश्वकर्मा सहभागी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया