
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच चलिरहेको युद्धका कारण नेपाल र नेपालीलाई पर्न सक्ने असरका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख घिमिरेले भारत र पाकिस्तानबीचको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सम्पूर्ण नेपाली तथा विशेष गरेर सीमा छेउछाउका नेपाली बासीमा आइपर्न सक्ने सम्भावित समस्याप्रति समयमै सचेत भई आवश्यक व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रयोजनार्थ आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका हुन् । शुक्रबारको बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
अधिकाशं सांसदहरुले यस विषयप्रति सरकार गम्भीर हुनुपर्ने भन्दै बेलैमा आवश्यक तयारी थाल्न समेत सुझाव दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा आव २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया