आर्थिक लेखक तथा पत्रकार गौतम सम्मानित

काठमाडौं – ३० चैत २०८०

आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतम सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२औं अधिवेशनका अवसरमा गौतमलाई ‘युवा पत्रकार’ सम्मान प्रदान गरिएको हो । नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्रीको उपस्थीतिमा पत्रकार महासंघ केन्द्रिय अध्यक्ष विपुल पोखरेल, काठमाण्डौ शाखा अध्यक्ष सुर्य सुवेदी लगायतले गौतमलाई सम्मान गरेका हुन् । ‘नेपाली पत्रकारिता क्षेत्रमार्फत अनवरत योगदान गर्दै आएको’ भन्दै महासंघ काठमाडौं शाखाले गौतमलाई उक्त सम्मान गरेको हो । लामो समयदेखि आर्थिक मुद्धामा कलम चलाउँदै आएका गौतम विजनेसपाटी डटकमका सम्पादक हुन् ।

उनका विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईनहरुमा आर्थिक विषयवस्तुहरुमा विश्लेषणात्मक लेख रचनाहरु प्रकासित हुदै आएका छन् । व्यवस्थापनमा स्नाकोत्तर गरेका गौतमका ‘नेपाली अर्थतन्त्रको सम्भावना’, ‘व्यवस्थापनका सिद्धान्तहरु’ र ‘बैक वित्त क्षेत्र र अर्थतन्त्र’ नामक ३ वटा पुस्तक प्रकाशित छन् । गौतमले यसअघि पुर्वराष्ट्रपती विद्यादेबी भण्डारीको हातबाट प्रेश काउन्सीलद्धारा प्रदान गरिएको ‘शसक्त लेखन पत्रकारिता’ पुरस्कार प्राप्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया