२०८२ भाद्र ६ | Aug 22, 2025

आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन, गत वर्षको भन्दा ११.३३ प्रतिशतले वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १

ललितपुर। अघिल्लो आव अर्थात् २०८०/०८१ भन्दा यस आर्थिक वर्ष २०८१–०८२ राजस्व संकलनमा ११.३३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा भने १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा १ खर्ब २० अर्ब रुपैयाँले बढी राजस्व संकलन भएको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

आजदेखि सुरु भएको चालू आर्थिक वर्षमा भने सरकारले १३ खर्ब १५‍ अर्ब राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७१–०७२ मा ४ खर्ब ५ अर्ब, २०७२–०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३–०७४ मा ६ खर्ब ९ अर्ब, २०७४–०७५ मा ७ खर्ब २६ अर्ब, २०७५–०७६ मा ८ खर्ब २९ अर्ब राजस्व सङ्कलन भएको थियो ।

त्यसैगरी २०७६–०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७–०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८–०७९ मा १० खर्ब ६६ अर्ब, २०७९–०८० मा ९ खर्ब ५७ अर्ब र २०८०–०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया