
ललितपुर । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले घानाको आर्थिक सुधार कार्यक्रमको चौथो समीक्षा पारित गर्दै देशलाई ३६ करोड ७० लाख अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ। यस निर्णयले घानालाई आर्थिक पुनःउत्थान गहिर्याउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यो स्वीकृतिसँगै, सन् २०२३ को मे महिनामा सुरु भएको तीन अर्ब डलर बराबरको आर्थिक सुधार कार्यक्रमअन्तर्गत घानाले हालसम्म करिब २।३ अर्ब डलर प्राप्त गरिसकेको छ। आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ूनयाँ सरकारले सन् २०२४ मा देखिएको आर्थिक कमजोरी सच्चाउन ठोस उपायहरू अपनाएको छ। सन् २०२५ सम्ममा कुल राष्ट्रिय उत्पादनको १।५ प्रतिशत बराबरको आधारभूत राजस्व बचत हासिल गर्ने लक्ष्य तय गरिएको छ।
आईएमएफले घानालाई राजस्व संकलन सुधार, सार्वजनिक खर्च व्यवस्थापन सुदृढ बनाउने, राज्य(स्वामित्वमा रहेका संस्थाहरूको सुधार, ऊर्जा तथा काको क्षेत्रका चुनौती समाधान गर्न निरन्तर प्रयास गर्न सुझाव दिएको छ। देशको महँगी दर सन् २०२२ को डिसेम्बरमा ५४।१ प्रतिशत पुगेकोमा हाल घटेर सन् २०२५ को जुनमा १३।७ प्रतिशतमा झरेको छ। यसैबीच, घानाको अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा ५।३ प्रतिशतले वृद्धि भएको छ।
घानाले चर्किंदो ऋण, वित्तीय असन्तुलन, महँगी र वैदेशिक मुद्राको अस्थिरता जस्ता गम्भीर आर्थिक समस्याबाट उकासिन सन् २०२३ मे महिनाबाट ३६ महिनाको सुधार योजना लागू गरेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया