२०८२ आश्विन १६ | Oct 02, 2025

इकेबा डेन्टल क्लिनिकमा निशुल्क दन्त परिक्षणसेवा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३
|
459 views

ललितपुर । विगत ६ वर्षदेखि मुख तथा दाँतको उपचार गर्दै आएको इकेबा डेन्टल क्लिनिकले निशुल्क दन्त परिक्षण चलाएको छ ।

जावलाखेल स्थित आरोग्य स्वास्थ्य सदन सँगै रहेको अस्टिन फार्मेसीको दोस्रो तलाबाट अघिल्लो सातादेखि सेवा सुरु गरेको इकेबाले केही दिन देखि निशुल्क दन्त परिक्षण शुरु गरेको हो ।

सञ्चालिका सविना खतिवडा कायस्थले बिजनेस पाटीलाई जानकारी दिए अनुसार यो सेवा लिन क्लिनिक समयमा जतिबेला आए पनि हुन्छ । यो सेवा जो कोहिले लिन सक्ने उनले बताईन । साथै केही समयका लागि क्लिनिकले दाँतको सफाइमा लाग्ने शुल्कमा ५०% र अन्य सबै सेवामा लाग्ने शुल्कमा २०% छुट दिएको छ ।

२५ बर्ष देखि दन्त उपचार गर्दै आएका अनुभवी डाक्टर विपिनमान कायस्थले क्लिनिकमा आउने बिरामीको उपचार गर्दै आएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया