|
|
२०८२ आश्विन २७
1.7k views

ललितपुर - ललितपुर । इजरायली सेनाले विपीन जोशी जीवित नरहेको जानकारी गराएको छ । केहीबेर अघि मात्र इजराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ।
सेनाले इजरायलस्थित नेपाली दूतावास तथा बिपिनको परिवारसँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको इजराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिएका छन्।
राजदूत पण्डितका अनुसार केहीबेर अघिमात्र आइडिएफले नेपाली दूतावास विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर “हि इज् नो मोर” भन्ने जानकारी दिएको छ ।
भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुश्पा तथा परिवारका अन्य सदस्य किशोर जोशी, राजदुत पण्डित र इजराइली डिफेन्स फोर्सका अधिकारी जोडिएका थिए ।



बिजनेस पाटी