२०८२ फाल्गुन ६ | Feb 18, 2026

इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको छ : नेपाल टेलिकम

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४
|
204 views

ललितपुर । नेपाल टेलिकमले आफ्नो इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको जानकारी गराएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकवर्गमा सेवा प्रदान गर्दै आएकोमा असार २४ गते बिहान १ः३० बजेदेखि एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरु वैकल्पिक सेवाप्रदायकबाट सञ्चालनमा रहेको जानकारी दिएको छ।

यसले गर्दा उक्त लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको स्पीडमा केही समस्या उत्पन्न भएको छ भने तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको जनाएको छ।

अप्रत्याशित रूपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भई ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया