२०८२ फाल्गुन ६ | Feb 18, 2026

इन्डियन आइडल प्रसान्त तामाङको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २७
|
4k views

ललितपुर । इन्डियन आइडल प्रसान्त तामाङको हृदयघातबाट मृत्यु भएको छ ।

उनको आइतबार विहान आफ्नै निवासमा मृत्यु भएको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत गायक प्रमोद खरेलले सार्वजनिक गरेका छन् ।

तामाङ ‘ईण्डियन आइडल २००७’ नामक कार्यक्रममा विजयी हुने प्रथम नेपाली मूलका भारतीय नागरिक हुन । उनका पिताको प्रहरिमै रहेक बेला सवारी दुर्घटनामा निधन भएपछि उनलाई कोलकाता प्रहरिमा उक्त जागीर गर्ने अवसर प्राप्त भएको थियो ।

प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो । उनका एक बहिनी छन् । उनकी आमा रुपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

शान्त स्वभावका प्रशान्तले साथीहरूको अनुरोधमा ईण्डियना आइडलको कोलकाता अडिशनम भाग लिएका थिए जहाँबाट उनको सफलताको यात्रा सुरु भएको थियो ।

आरोग्य स्वास्थ्य सदनमा कार्यरत डा कल्पना पुडासैनीका अनुसार हृदयघात हुने मुख्य कारण यसप्रकार छन्ः

• धमनीहरूमा बोसो, कोलेस्ट्रोल, तथा अन्य पदार्थ जमेर रक्तप्रवाह अवरुद्ध हुनु (Atherosclerosis)
• उच्च रक्तचापको कारण धमनीहरूमा क्षति पुग्नु
• मधुमेहले रक्तनलीहरू कमजोर पार्नु
• अत्यधिक तनावका कारण मुटुमाथि दबाब पर्नु
• धूम्रपान, मदिरा सेवन, अस्वस्थ खाना, र व्यायामको कमी

फेसबुकबाट तपाईको प्रतिक्रिया