२०८२ श्रावण ५

इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै ५०० भन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
इन्डोनेसियाली तट रक्षकका अनुसार केएम बार्सिलोना–५ को जहाजमा आइतबार आगलागी भएको थियो ।
कुल ६०० यात्रु बोक्ने क्षमता रहेको पानीजहाजमा टिकट लिई यात्रा गरिरहेका यात्रुको सङ्ख्या २८० रहेको थियो भने १५ जना चालकब दलका सदस्य थिए ।
पानीजहाजमा भएको आगलागीपछि भएको उद्धार प्रक्रिया अझै पनि जारी रहेको छ ।
खराब मौसमका कारण बालीको लोकप्रिय रिसोर्ट टापुमा एक डुङ्गा डुबेको र १९ जनाको मृत्यु भएको केही हप्तापछि आइतबार अर्को दुर्घटना भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया