इन्भेष्टमेन्ट बैंकको ४१ प्रतिशत लाभांस घोषणा
बिजनेसपाटी ६ भदौ
गत आर्थिक बर्ष दुई अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको नेपाल इन्भेष्टमेन्ट बैंकले वोनस सेयर सहित ४१ प्रतिशत नगद लाभांस घोषणा गरेको छ । इन्भेष्टमेन्ट बैंकले २१ प्रतिशत नगद लाभांस र २० प्रतिशत वोनस सेयर दिने घोषणा गरेको हो । बैंकको हाल ७ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी छ । अब थपिने २० प्रतिशत वोनस सेयरपछि पुँजी ८ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । बैंकले २०७४ असार मसान्तअघि नै पुँजी ८ अर्ब पुर्याउन लागेको हो । हाल बैंकसँग सर्वसाधारणको १ खर्ब ८ करोड निक्षेप छ । बैंकले ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया