२०८२ भाद्र ६ | Aug 22, 2025

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ९

बिजनेस पाटी । सोमबार इरानले इजरायलतर्फ नयाँ मिसाइल आक्रमणहरू सञ्चालन गरेको छ । जसका कारण देशभर वायु आक्रमणका चेतावनी साइरनहरू बजाइएका थिए ।

इजरायली सेनाका अनुसार चार चरणमा गरेर करिब १० वटा मिसाइल प्रक्षेपण गरिएको थियो । उत्तरदेखि गाजापट्टीको सिमासम्मका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो, जसले गर्दा लाखौं नागरिकहरू करिब एक घण्टासम्म सुरक्षित आश्रयस्थलमा रहनुपरेको थियो ।

इजरायली हवाई सुरक्षा प्रणालीले अधिकांश मिसाइलहरू अवरोध गर्न सफल भएको जनाएको छ । तर, तीमध्ये तीनवटा मिसाइल इजरायली भूमिमा खसेका छन् । सरकारी स्वामित्वको कान टेलिभिजनका अनुसार, तीमध्ये एक अशदोड सहरमा अर्को याभ्ने क्षेत्रमा र तेस्रो उत्तर इजरायलमा खसेको हो ।

मिसाइलका टुक्राहरू अन्य विभिन्न स्थानहरूमा पनि खसेका छन्, जसमध्ये दक्षिण इजरायलको लखिश क्षेत्रको एक सडकसमेत प्रभावित भएको र हालसम्म मानवीय क्षतिको कुनै सूचना प्राप्त नभएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया