२०८२ आश्विन १६ | Oct 02, 2025

इरान – इजरायल द्वन्द्वको असर :तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ९
|
153 views

ललितपुर । मध्यपूर्वमा बढ्दो तनावसँगै तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ ।

इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ । त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि राखिन्छ ।

विश्लेषकहरूका अनुसार इरानले अमेरिकाको कारबाहीको प्रतिकारमा स्ट्रेट अफ होरमुज बन्द गर्ने निर्णय गर्छ भने यो विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ।

ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ भने अमेरिकी क्रूड २.८ प्रतिशतले बढेर ७५.९८ डलर पुगेको छ ।

एसियाली बजारमा पनि गिरावट देखिएको छ। टोकियोको निक्केई सूचकांक ०.६ प्रतिशतले घटेको छ । अमेरिकी बजारले भने केही स्थिरता देखाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया