२०८२ फाल्गुन ६ | Feb 18, 2026

इरान र इजरायलबीच द्वन्द्व जारी : नौ आणविक वैज्ञानिक सहित १३८ इरानी मारिएको दावी

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १
|
1.3k views

ललितपुर । पछिल्लो ४८ घण्टादेखि इरान र इजरायलबीच द्वन्द्व चर्किएको छ । शनिबार राति फेरि दुवैले एक अर्काका देशमा धेरै मिसाइलहरू प्रहार गरेका छन्। दुई देशबीच यतिबेला मिसाइल हानाहान भइरहेको छ।

समाचार अनुसार इजरायलले तेहरानस्थित रक्षा मन्त्रालयलाई निशाना बनाएको दाबी गरिएको छ। यस बाहेक तेहरान र बुसेहरमा तेल डिपो र ग्यास रिफाइनरीसहित १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ।

दुई दिनसम्म चलेको लडाइमा अहिलेसम्म ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरसहित १३८ इरानी मारिएका छन् भने ३ सय ५० भन्दा बढी घाइते भएका छन्। इरानको राजधानी तेहरानसहित ७ राज्यमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ।

उता, इरानले पनि जवाफी कारबाही गर्दै इजरायलमा १५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो। आक्रमणमा ५ इजरायलीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। इरानले पनि ३ इजरायली एफ–३५ विमान खसालेको दाबी गरेको छ।

इरानले शनिबार राति इजरायलका तेलअभिव, जेरूसलेम, तमरा, हाफिया पेट्रोलियम रिफाइनिङ केन्द्रसहित ४ स्थानमा आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ।

इरानले दोस्रो पटक प्रहार गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा एक ६० वर्षीया महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। इजरायलमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते भएका छन्। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया