२०८२ भाद्र १५
19.6k views

ललितपुर । नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य उकालो लागि रहेको छ । आज सुनको मूल्य फेरि बढेको छ । आइतबार एकैपटक ३ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया