२०८२ भाद्र ६ | Aug 22, 2025

उत्तरी इरानमा हवाई आक्रमण चार घर नष्ट, ९ जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १०

तेहरान । उत्तरी इरानमा हवाई आक्रमणमा परेर चार वटा घर नष्ट भएको छ । यी आक्रमणका क्रममा कम्तीमा नौ जनाको मृत्यु भएको र करिव ३३ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

गिलानका गभर्नरको कार्यालयका अनुसार यो आक्रमण इजरायलले गरेको बताइएको छ ।

मर्ने र घाइते हुनेमध्ये १४ जना महिला र बालबालिका रहेको बताइएको छ । मर्नेमा मोहम्मद रेजा सिद्धकी नाम गरेका परमाणु वैज्ञानिक पनि रहेको भन्दै केही सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।

गए राति भएको आक्रमणमा वरिष्ठ परमाणु वैज्ञानिक मारिएको इजरायली सेनाले पनि भनेको थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया