एउटा निरीह ‘कुमारी आमा’

–नन्दलाल खरेल
एउटा निरीह ‘कुमारी आमा’
दुधे बालक च्यापी
राजधानीका विभिन्न गल्लीहरुमा
बलात्कारी पुरुषको डिएनए
परीक्षणको माग गर्दै
अनशन गर्दा पनि राज्यले
न्याय नदिएपछि
राष्ट्रपति भवन अगाडि
आत्मदाहको प्रयास गर्नु
कस्तो उपहास हो ? ।।१।।
एउटा निरीह ‘कुमारी आमा’
प्रशासन र अदालत
जिल्लामा हुँदाहुँदै
न्यायको भिख माग्न
काठमाडौंमा आउनु पथ्र्यो ?


राज्य बलशाली र धनशालीको
लहैलहैमा लागेर निमुखी नागरिकको
जीवन रक्षा गर्न असमर्थ हुन्छ
देशमा सरकार छ कि छैन
छ तर सुन्न देख्न बोल्न सक्दैन ।।२।।
एउटा निरीह ‘कुमारी आमा’
देशकै आमा अगाडि
निरन्तर लछार पछार हुनु
कानूनको शासनमा यो भन्दा
भद्दा मजाक के हुन्छ ।
नेपाली समाज
कुन युगमा बाँचेको छ
न्याय दिने अदालतहरु
आज किन विपरीत फैसला गर्छन
कानूनी शासनको निर्लज्जता कहिले सम्म ? ।

प्रकासित मिति : २०७९–४–३०

फेसबुकबाट तपाईको प्रतिक्रिया