२०८२ भाद्र ६ | Aug 22, 2025

एकवर्षमा सर्वोत्तम सिमेन्टले कमायो १ अर्ब खुद नाफा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २

ललितपुर । सर्वोत्तम सिमेन्टले एक वर्षमा १ अर्ब नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सो विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा १ अर्ब खुद नाफा कमाएको छ।

आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा १४ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा भने १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको नाफा ५७२.५२ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षमा कम्पनीको बिक्री आम्दानी र खुद नाफा उल्लेख्य रुपमा बढेको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशत बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७३।०१ प्रतिशत बढेको छ भने अन्य आम्दानी २१८.०२ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च भने ५४.३८ प्रतिशत बढेको छ।

कम्पनीले नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी समेत बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ९८ पैसा बढेर २० रुपैयाँ १९ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ।

कूल ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सर्वोत्तम सिमेन्टको अन्य इक्विटी ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ वित्तीय विवरणले देखाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया