२०८२ भाद्र ६ | Aug 22, 2025

एक घण्टामा ४ अर्बभन्दा बढीको शेयर कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १

ललितपुर । नयाँ आर्थिक वर्षको सुरुवाती दिनमा नेपाली शेयरबजारमा खुशी देखिएको छ । विहीबार नेप्सेसँगै कारोबार रकम पनि बढ्दो क्रममा रहेको छ।

आज साउन १ गते, प्रि ओपनिङ सेसनमा साँढे दुई अंकले बढेर बन्द भएको परिसूचक १ घण्टाको अवधिमा ४५.०७ अंक बढेर २८३९.८५ विन्दुमा पुगेको छ। सो अवधिसम्ममा २९१ स्टकको ३छ हजार २९३ पटकको कारोबारमा ४ अर्ब ४३ करोड ३० लाख ५३ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सो अवधिसम्ममा २२५ कम्पनीको शेयरमूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया