२०८२ आश्विन १६ | Oct 02, 2025

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३
|
867 views

ललितपुर । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र सुर्खेतको संयुक्त टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरेको हो ।

सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि बिल भुक्तान गर्ने क्रममा उनले एक लाख घुस मागेको अख्तियारले बताएको छ । सोही सूचनाका आधारमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया