२०८१ चैत्र २१

काठमाडौं । बुधबार तोलामा सामान्य घटेको सुन विहीबार फेरि आकाशिएको छ ।
बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा आज तोलामा १२ सय रुपैयाँले सुन बढेको हो । अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै विहीबार चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया