एक लाख ८० हजार भन्दा माथि उक्लियो सुन

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २१
|
4.7k views

ललितपुर - काठमाडौं । बुधबार तोलामा सामान्य घटेको सुन विहीबार फेरि आकाशिएको छ ।

बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा आज तोलामा १२ सय रुपैयाँले सुन बढेको हो । अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

      यस्तै विहीबार चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँ पुगेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube