२०८२ फाल्गुन ६ | Feb 18, 2026

एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १२
|
1.3k views

ललितपुर। नेपाली एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । जसअनुसार कुल ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले अनुमति पाएको हो ।

यसअघि नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको थियो ।

जसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।

तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया