२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनआइबिएल स्टेबल फण्डको इकाइ बाँडफाँट सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८० माघ २५
|
816 views

काठमाडौँ २५ माघ २०८० -एनआइबिएल स्टेबल फण्डको इकाइ बाँडफाँट सम्पन्न भएको छ।एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको एनआइबिएल म्युचुअल फण्डअन्तर्गत एनआइबिएल स्टेबल फण्डको इकाइ बाँडफाँट सम्पन्न भएको हो। 

बन्दमुखी यस योजनाको बीज पुँजी सहित अंकित मूल्य १० रूपैयाँ दरका दश करोड इकाइहरू माघ २ गतेदेखि १६ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएको थियो। 

उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ३९ हजार २७१ जना आवेदकहरू मार्फत् ९ करोड ५८ लाख ४९ हजार १६० इकाइका लागि आवेदन प्राप्त भएकोमा आवेदकहरूलाई माग गरे बमोजिम नै इकाइ बाँडफाँट गरिएको कम्पनीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया