२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनआइसी एशिया बैंकका ग्राहकलाई बुटबलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशतसम्म छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २५
|
1.1k views

ललितपुर । एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकरुले बुटबलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

अब एनआइसी एशिया बैंकका ग्राहकले उक्त हस्पिटलमा एडमिशन चार्ज, ओटी चार्ज, ल्याब चार्ज, मेडिसिन र फार्मेसीजस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया