२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनआइसी एशिया बैंकको सञ्चालकमा अनुपाप्रधान राजभण्डारी नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १
|
918 views

ललितपुर । बैंकिङ्ग क्षेत्रमा झन्डै तीनदशक अनुभव संगालेकी अनुपाप्रधान राजभण्डारी एनआइसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन् । नवनियुक्त सञ्चालक अनुपाप्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ समेत लिएकी छन् ।

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी उनले तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् । बैंकको सञ्चालक पदमा नियुक्त भएकामा अनुपाप्रधान राजभण्डारीलाई सफलकार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारले बधाइ समेत दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया