एनआइसी एशिया लघुवित्तको निशुल्क स्वास्थ्य शिविर

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २२
|
510 views

ललितपुर -

ललितपुर । एनआइसी एशिया लघुवित्तले विभिन्न स्थानमा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा शाखा कार्यालयहरु बराहक्षेत्रले १६ गते, गौरादहले १७ गते र धरानले २० गते आ–आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
बराहक्षेत्रको स्थानिय सिंहदेवि विद्यालयमा सञ्चालित शिविरमा ३२ जनाकोे स्वास्थ्य जाँच हुँदा ११ जनाको उपचार गरिएको थियो भने धरानको शिक्षा निकेतन विद्यालयमा ३६ जनाको जाँच तथा १२ जनाको सफल उपचार भएको थियो ।
त्यसै गरि गौरादहको मदन आश्रित स्मृति भवनमा २९ जनाको जाँच तथा ११ जनाको उपचार भउको थियो ।
शिविरमा पाइल्स, फिसर र फिस्टुला सँग सम्बन्धित जाँच तथा उपचार गरिएको हो । बनेपामा कर्पोरेट कार्यालय भइ देशैभर २८७ शाखा सञ्जाल सञ्चालनमा रहेको संस्थाले बेला बेलामा वित्तिय साक्षरता, स्वास्थ्य सचेतना, सिपमुलक तालिम दिने लगायतका कार्यक्रम चलाउँदै आएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube