एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजमा लगानी गर्ने
काठमाण्डौ ७ श्रावण २०८१-नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो । ३१ असार, २०८१ मा हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको छ ।एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । ʻडेलिस’ ब्राण्डको ग्रीक दहीले नबिनताको पहिचान दिएको छ भने ʻपञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने भएको छ ।
एनआईएमबी एस क्यापिटल लिमिटेडका सीईओ शिवान्त बहादुर पाँडेले यस सम्झौताबारे उत्साह व्यक्त गर्दै भन्नुभयो, “एनआईबीएल इक्विटी पार्टनर्स डेलीश डेरीसँग साझेदारी गर्न पाउँदा निकै हर्षित छ । डेलिज डेरिजको क्वालिटी, इनोभेसन र स्थानीय समुदायलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता हाम्रो मिशनसँग पूर्ण रूपमा मेल खान्छ । यस लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पु¥याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्नेमा हामी ढुक्क छौँ ।”
डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो, “एनआईबीएल इक्विटी पार्टनरको विशेषज्ञता र पूजीँ निष्काशनले हाम्रो विकासको मार्गमा उल्लेखनीय भूमिका खेलेको छ । यो साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउनेछ । यस लगानी मार्फत स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादन सहित डेलिसलाई एउटा प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पु¥याउने कुरामा हामी विश्वस्त छौं ।”यो लगानी सम्झौताले एनआईबिएल इक्विटी पार्टनर्स र डेलिस डेरिजको रोमाञ्चक नयाँ अध्यायको सुरुवात गरेको छ । यस साझेदारीले नेपालमा विश्वास र गुणस्तरको ब्राण्ड बन्ने डेरिजको लक्ष्यलाई थप उर्जा दिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया