२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनआईबिएल स्टेवल फण्डको सार्वजनिक निश्कासन

BusinessPati बिजनेस पाटी
|
२०८० माघ २
|
357 views

काठमाडौँ ०२ माघ २०८०– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने छैठौं योजना “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निश्कासन २०८० माघ २ गतेबाट सुुरु भएको छ । यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्ड बाट यहि मिति २०८० मंसिर २१ गते प्राप्त भएको थियो ।

यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेकोे छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।योजनाको सार्वजनिक निश्कासन मिति २०८०÷१०÷०२ देखि छिटोमा २०८०÷१०÷०५ र ढिलोमा २०८०÷१०÷१६ गते सम्म रहनेछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सकिनेछ । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन ९ीयनष्ल० गरी अनलाईन आवेदन दिन सकिनेछ ।

योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटल लि कोे वेव साईट(www.nimbacecapital.com तथा नेपाल धितोपत्र बोर्डको वेव साईट (www.sebon.gov.np) मा समेत राखिएको छ ।“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेको र “एनआईबिएल समृद्धि फण्ड –१” आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड , एनआईबिएल समृद्धि फण्ड –२ तथा एनआईबिएल ग्रोथ फण्ड समेत संचालनमा रहेको छ ।

साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ ।
“एनआईबिएल स्टेवल फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधि सम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया