२०८२ भाद्र ६ | Aug 22, 2025

एनआईसी एशियाका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशत छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ३०

ललितपुर। एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरुले इनहाउस प्याथोलोजी, आउटसोर्सिङ टेष्ट, रेडियोलोजी, एम्बुलेन्स, जनरल बेड चार्ज, आइसीयु र सर्जरी चार्ज सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्दर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया