एनआईसी एशियाको ३ नयाँ शाखाहरु धादिङ्गको धार्के, महादेबबेशी र खानीखोलामा

बिजनेसपाटी ३१ श्रावण ।

एनआईसी एशिया बैंकको ३ नयाँ शाखा कार्यालयहरु धादिडं जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं. ६, धार्के स्थित धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यबाट र थाक्रे गाउँपालिका वडा नं.६, महादेवबेशी स्थित महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यबाट श्रावण बुधबार समुद्घाटन सम्पन्न भयो ।

यस बैक मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया