२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १७
|
1.2k views

ललितपुर । एनआईसी एशिया बैंकका ग्राहकले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । इउनटी बलम जनरल सर्भिस अन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इन्भेष्टिगेसनमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, आँखा उपचार गर्दा ओपीडी जेनेरलमा २० प्रतिशत, अपरेशन चार्ज, सर्जरी प्याकेज तथा इन्भेष्टिगेसनमा ५ प्रतिशत, ल्याा्टरीमा १० प्रतिशत र अप्टिकल प्रोडक्टमा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया