एनआईसी एशिया बैंकका ग्राहकहरूले डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्नसक्ने

काठमाण्डौ ३० माघ २०७७।

एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ग्राहक महानुभावहरू सामुन्ने ल्याएको छ ।

ग्राहक महानुभावहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको iServe डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त iServe भित्र Card Services मा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी Verify गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ । ग्राहक महानुभावको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहक महानुभावहरूलाई एसएमएस मार्फत खबर गर्ने व्यवस्था समेत छ । यस सुविधाले ग्राहक महानुभावहरूलाई सहज रुपमै सेवा लिने वातावरण बनाउन सहज हुने बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया