एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा
बिजनेसपाटी २८ पौष ।
एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको नलगाड नगरपालिका वडा नं ७, जाजरकोट स्थित डल्लीबजार शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलबाट समुद्घाटन भएको छ ।
मुलुकभर हाल बैकको २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेको छ । जस मार्फत बैकले बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया