एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको दमक चोकमा
बिजनेसपाटी १४ माघ
एनआईसी एशिया बैंकको दमक नगरपालिका वडा नं. ५, क्याम्पसमोड झापा स्थित दमक चोक शाखाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीबाट समुद्घाटन भएको छ । ०७५ भाद्र, १६ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गर्नुभयो ।
हल बैंकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया