एनआईसी एशिया बैंक र अजोड ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
बिजनेसपाटी ५ मंसिर ।
एनआईसी एशिया बैंक लिमिटेडले अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने भएका छन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे।
एनआइसी एसिया मुलुकभर २६६ शाखा कार्यालयहरु, २७३ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया